Array
(
)

प्रेमीले बिहे गर्नुपर्ने माग राखी प्रेमीकै घर अगाडी धर्ना बसेपछि…

एजेन्सी । घटना पनि कस्तो अनौठो अनौठो घट्नेगर्छ यो संसारमा । हामीले विभिन्न माग राख्दै धर्ना तथा अनशन बसेको त सुनेका र देखेका ौ । तर, बिहेको माग राखी धर्ना नै बसेको चाही अहिलेसम्म सुनेका छैनौ । तर अहिले यस्तै घटना बाहिर आएको छ ।

यो घटना नेपालको भने होईन । छिमेकी देश भारतको रहेको छ । जहाँ एक जना युवतीले आफूलाई बिहे गर्नुपर्ने माग राख्दै युवककै घर अगाडी धर्ना बसेकी छिन् । आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताएकी छन्। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताएको उनले बताइन।

विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइन। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीले बताइन। तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको उनले बताइन।

आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको ती युवतीले बताएकी छन्। स्रोत स्अमर उज्याला