काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको वैठक आज बस्दैछ । केन्द्रीय कमिटीको १४औं बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ ।
प्रधानमन्त्रीबाट आफूलाई हटाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कामलाई निरन्तर अगाडी बढाईरहेका छन् । पार्टीभित्र आन्तरिक कलह मच्चिएपछि त्यसलाई समथर पार्नका लागि पार्टीका नेताहरु लागि नै रहेका छन् ।
तर हिजो प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा पार्टीभिकै र अझै ओली गुटकै सांसदहरुले फ्लोर क्रस गरेर देउवालाई सघाएका छन् । यस अघिको स्थायी कमिटी वैठकमा पार्टीको ह्वीप उल्लंघन गर्ने एमालेमा रहन नसक्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको वैठकमा हिजो देउवालाई विश्वासको मत दिएका सांसदलाई अब ओलीले के गर्छन भन्ने कौतुहलता सिर्जना भएको छ । एमालेबाट हिजो २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए । पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल सहितले देउवालाई सघाएका थिए । त्यसमा पनि ओली पक्षकै ८ जा रहेका छन् ।आज बस्ने केन्द्रीय कमिटीको वैठकमा नेपाल पक्ष जाने कि नजाने भन्ने पनि अहिलेसम्म निश्चित भईसकेको छैन ।