आजदेखि दिनकै काठमाडौ दिल्ली ६ उडान हुने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । आजबाट काठमाडौं–दिल्ली दैनिक ६ वटा उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आजदेखि साउन १५ गतेसम्मका लागि सातामा काठमाडौं–दिल्ली रुटमा उडान संख्या ६ पुर्याइएको जनाएको छ । यसअघि यो रुटमा २ वटा उडान मात्रै हुँदै आएका थियो ।

साउन ४ गतेदेखि नेपाल वायुसेवा निगम र भारतीय एयर इण्डियालाई सातामा ३–३ गरी ६ वटा उडान गर्ने अनुमति प्रदान गरेको थियो । यो अनुमति साउन १५ सम्म कायम रहने छ । ‘अब काठमाडौं–दिल्ली रुटमा बिहीबार बाहेक बाँकी सबै दिन उडान हुने प्राधिकरणले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै सरकारले गएको वैशाख २३ गतेदेखि काठमाडौं–दिल्ली उडान संख्या १४ बाट घटाएर दुई मा सीमित गरेको थियो ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड