काठमाडौ । प्रतिनिधिसभाको वैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।
सर्बोच्च अदालतले संसद पुर्नस्थनपना र देउवालाई प्रभानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।
देउवाले पुर्नस्थापित प्रतिनिधिसभाको वैठकमा विश्वासको मतका लागि अपिल गरेका थिए ।
देउवालाई आफ्नै पार्टी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (नेपाल), राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएको थियो ।
उता एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देउवालाई विश्वासको मत दिने भनेपनि अन्तिममा देउवाको पक्षमा स्पष्ट बहुमत पुग्ने देखेपछि सो समूहले पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गरेको थियो ।तर अन्तिममा आए उनीहरुले पनि देउवालाई विश्वासको मत दिएका थिए । त्यसस्तै ओलीपक्षका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिएका थिए ।
सैबीच आज बल्ल निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई पहिलोपटक बधाई दिएका छन् । ओलीले संसद भवनमै भेटी देउवालाई बधाई दिएका हुन ।
देउवालाई माधवकुमार नेपाल, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसानले, विना बुढाथोकी, भवानी खापुङ, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, विरोध खतिवडाले मत दिए।
यस्तै लक्ष्मी चौधरी, सविना हुसेन, धनबहादुर बुढा, सरला यादव, निरादेवी जैरु, गोपाल बम, प्रेमबहादुर आले, कलिला खातुन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन्।
प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत खसेको थियो । यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । २४९ जना संसदमा उपस्थित भएका थिए ।