रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीको अध्यक्षमा अशोक ज्ञवाली

Telecom

बुटवल । रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी बुटवलको अध्यक्षमा अशोक ज्ञवाली चयन भएका छन् । रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर नोमिनि राजेन्द्र ध्वजूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्ष २०२०(२१ का अध्यक्ष अनुप पाण्डेले बर्ष २०२१(२२ का अध्यक्ष अशोक ज्ञवालीलाई पद हस्तान्तरण गरेका थिए ।

नव नियुक्त अध्यक्ष ज्ञवालीलाई क्लवका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर नोमिनि राजेन्द्र ध्वजूले समाज रुपान्तरणको अभियानमा युवाहरु लाग्नुपर्ने बताउदै स्वार्थ भन्दा माथि रहेर सेवा गर्न क्लवलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य तथा जनजिविकाका सामाजिक विषयमा क्लवले गरेका कार्यको प्रसंसा गर्दै गर्भनर ध्वजूले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ बढि परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

यसैगरी कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष ईन्जिनियर धुब्र धितालले पछाडि परेको बर्ग समुदायमा पनि अब रोट्रयाक्टको उपस्थिती हुनुपर्ने बताए ।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका पुर्व अध्यक्षहरु उमेश अधिकारी, ज्ञानेन्द्र गिरी, प्रकाश पराजुली त्यस्तै रोटरियन प्रेम भुर्तेल, लक्ष्मण खरेल, ईन्द्र रिजाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा क्लवले खेल बर्ष व्यक्तिको रुपमा राष्टिय टिमका क्रिकेट खेलाडि कुशल भुर्तेललाई सम्मान गरेको थियो । क्लवका अध्यक्ष अनुप पाण्डे, प्रमुख अतिथि रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर नोमिनि राजेन्द्र ध्वजूले नगद सहित भुर्तेललाई सम्मान गरेका थिए । सम्मान पछि कार्यक्रममा बोल्दै क्रिकेटर खेलाडि भुर्तेलले निरन्तरको मेहनत र खेलप्रतिको लगाव कायमै राखे सफलता हासिल गर्न सकिने बताए ।

कार्यक्रम टंकनाथ अधिकारीको स्वागत तथा मनोरथ अर्यालको पहिलो सत्र र राजु प्रसाद भुर्तेलको दोस्रो सत्र सञ्चालन संगै सम्पन्न भएको थियो ।

 

adb bank long