काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रतिनिधिसभाको वैठकमा विश्वासको मत लिदैछन् ।
देउवाले आफूलाई प्रधानमन्त्रीको रुपमा आफूलाई विश्वासको मत दिनका लागि सभामा सम्मिलित सांसदहरुसँग अपिल गरेका छन् । त्यससँगै सभामा सांसदहरुले बोल्ने क्रम जारी छ ।
सभामा बोल्दै नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शेरबहादुरलाई पहिला श्री ५ महाराजाले नियुक्त गरे र अहिले श्रीमान ५ ले नियसक्ति गरेको खरो अभिव्यक्ति दिए । उनको यो अभिव्यक्ति सामाजिक संजालमा चर्चामा रहेको छ ।
यसैबीच देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जसपाका महन्थ र उपेन्द्र यादव दुवै पक्ष, जनमोर्चा लगायतले विश्वासको मत दिने भएको छ । यसरी मत दिदा देउवाको पक्षमा बहुमत पुग्ने देखिन्छ ।