nepal telicom

हास्यकलाकार ‘चम्सुरी’को दुवै मृगौला फेल, सहयोगको याचना

काठमाडौ । दुबै मृगौला फेल भएपछि हाँस्य कलाकार पल्पसा डङ्गोल उर्फ चम्सुरी अहिले अस्पताको बेडमा छटपटाईरहेकी छिन् । उनको हाल महारागन्जस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

मिर्गौलामा समस्या आएपछि करिब एक महिना देखी उपचाररत चम्सुरीलाई भेट्न कलाकार दिपाश्री निरौला गएपछि उनको स्वास्थ्य अवस्थाबारे खबर बाहिर आएको हो ।

विगत ५ वर्ष देखी मिर्गौला रोग बाट ग्रसित उनको डायलसिस गर्ने क्रममा रगत नआएपछि आत्तिएर कलाकार तथा निर्देशक निरौलालाई फोन गरेकी थिईन
। निरौका अनुसार पल्पसाको मिर्गौला तत्काल ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको छ । मिर्गौला ट्रान्सप्लान्ट गर्नका लागी ५० लाख भन्दा बढी खर्च लाग्ने निर्देशक निरौलाले बताएकी छन् ।

साथै, आफूहरूले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेको उनको भनाइ छ भने सहयोगी मन भएकाहरुलाई आर्थिक सहयोग गर्न अपिल समेत गरेकी छिन ।

 

adb bank long