काठमडौ । सर्बोच्च अदालतले संसद पुर्नस्थापनका साथै नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई परमादेश जारी गरेपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् ।
अदालतको परमादेशपछि बस्न लागेको प्रतिनिधिसभाको वैठकमा आजै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने नियमअनुसार सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा पेस गरेको छ ।
तर अहिले देउवाले विश्वासको मतको अंकगणित शुरु भएको छ ।
नेकपा एमालेले देउवाको विपक्षमा मतदान नगर्ने संस्थागत निर्णय गरिसकेको छ । तथापी बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले चाही देउवालाई सघाउने वा नसघाउने भन्ने विषयको टुङ्गो लगाईसको छैन । यदि नेपाल पक्षले उनलाई नसघाएको खण्डमा देउवाको पक्षमा बहुमत नपुग्ने देखिन्छ । यदि नेपाल पक्षले विश्वासको मत नदिए जनता समाजवादी पार्टी(नेपाल)का महन्थ ठाकुर पक्षले सघाए पनि देउवालाई बहुमत पुग्ने देखिन्छ ।
प्रतिनिधिसभा नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसद छन् । जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद उभिएका छन् । राष्ट्रिय जनमोर्चाकी एक सांसद पनि प्रधानमन्त्री देउवाको गठबन्धनमा छिन् । यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ ।
प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पु¥याउन प्रधानमन्त्री देउवाले १३६ मत ल्याउनुपर्ने हुन्छ । यो हिसाबले उनलाई थप ८ मत आवश्यक पर्छ ।
प्रतिनिधिसभा राप्रपा र नेपाल मजदुर किसान पार्टीका एकएक सिट छन् । राप्रपा सांसद राजेन्द्र लिङ्देन यसबारे पार्टीले निर्णय गरिनसकेको बताउँछन् । नेमकिपाले देउवालाई विश्वासको मत नदिने सो पार्टीका सांसद प्रेम सुवालले जानकारी गराए ।
सर्वोच्च अदालतमा परेको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए । सर्वोच्चमा बुझाइएको रिटमा बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले त्यो मत सदनमा पनि देउवाले पाउने सत्ता पक्षको दाबी छ । तर यस विषयमा ठोस निर्णयबाहिर आइसको छैन ।
एमालेका कुल १२१ सांसदमध्ये २३ जना माधव नेपालको पक्षमा रहेकाले ओलीको पक्षमा ९८ सांसदमात्र छन् ।