जसपाका उपेन्द्र यादव पक्ष पनि सरकारमा सहभागी हुने

Telecom

काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहले सरकारमा जाने निर्णय गरेको छ । यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

महन्थ ठाकुरपक्ष बाहेकका बहुमत सांसदको वैठकले सरकारमा सहभागीता जनाउने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाले सरकारको पक्षमा उभिने निर्णय गरेको जानकारी दिए । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।

जसपाको दुवै सदनका सांसद सङ्ख्या ३५ रहेको छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद रहेका छन् ।

 

adb bank long