काठमाडौ । भूमिगत राजनीतिबाट खुला राजनीतिमा प्रवेश गरेसँगै नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो सकृयता ह्वात्तै बढाका छन् । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै अहिले विभिन्न नेताहरुलाई भेट्ने कामलाई तिव्रता दिएका छन् ।
केही समय अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटे भने त्यसलगत्तै नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । त्यस्तै हिजो (शनिवार) नेपाल (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य( किरण) लाई भेटेका छन् ।
वैद्यलाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । वैद्य र विप्लव यसअघि एउटै पार्टीमा थिए । यसरी विप्लवले एकाएक सकृयता बढाउनुलाईृ राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि, गएको शुक्रबार उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई उनकै निवासमा पुगेर भेटेका थिए ।
ती भेटवार्ताहरुमा उनले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताइएको छ ।