काठमाडौ । सर्बोच्च अदालतले संसद पुर्नस्थापना गर्न परमादेश जारी गरेपछि आज पहिलो वैठक बस्दैछ । संसदको पहिलो वैठक आज ४ बजे बस्दैछ । संसद अधिवेशनका लागि तयारी पूरा भईसकेको संसद सचिवालयले जनाएको छ ।
वैठकमा विभिन्न १६ विध्येक पेश गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।यीमध्ये बजेट सम्बन्धी ३ वटा अध्यादेश रहेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।
यस्तै आजै आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अघिल्लो सरकारले हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशनको लागि सम्पूर्ण सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारीलगायतको कोरोना परीक्षण भइसकेको छ । परिक्षणका क्रममा तीनजनामा पोजिटिभ देखिएको छ । उनीहरु सबै सुरक्षाकर्मी र कर्मचारी हुन ।
विघटनविरुद्धको रिटमा सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साताभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो ।
प्रधानमन्त्री देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत लिने मिति भने तया भईसकेको छैन ।