चीनले नेपाललाई थप १६ लाख डोज खोप दिदै

Telecom

काठमाडौ । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्दै थप खोप सहयोगबारे जानकारी गराएकी हुन् ।

आज( शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाएकी हुन ।

भेटको क्रममा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

 

adb bank long