अदालतको फैसलाबिरुद्ध एमाले एक हुँदै,देशैभर भण्डाफोर अभियान चलाउने निर्णय

Telecom

काठमाडौ । नेकपा एमाले संसदीय दलको वैठकले सर्बोच्च अदालतको फैसलाको बिरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने भएको छ । आज नयाँ बानेश्वरमा बसेको संसदीय दलको वैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुनःस्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो, ‘ एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्ने अर्को दलको नेतालाई समर्थनमा जानुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्थाको विरोधमा छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष छ ।’

त्यस्तै संसदीय दलको बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षति मृत्यु दुस्ख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार र उद्धार तथा राहतको लागि यथोचित व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ । त्यस्तै सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।

 

 

 

adb bank long