एमाले स्थायी कमिटी वैठक बस्दै,नेपाल पक्ष सहभागी नहुने

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको स्थायी कमिटी बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएका छन् । संसद पुनः स्थापनासँग भएसँगै पार्टीभित्र अन्र्तद्वन्द बढिरहेको छ ।

अहिले पार्टीभित्र अध्यक्ष ओली र नेपाल पक्षबीच तालमेलको कुरा आईरहेको छ । तर पार्टीभित्र बालकोटबाट अध्यक्ष ओलीले पार्टीमा ठाउँ छैन भनेपछि त्यसले पार्टीभित्र नयाँ तरंग उत्पन्न गराएको छ । त्यसै कारण पनि आजको वैठकमा नेपाल पक्ष सहभागी नहुने जानकारी गराएका छन् । महासचिव ईश्वर पोखरेलले आज शुक्रबार ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका छन्।

बैठकमा आउन माधव नेपाल पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ । तर असन्तुष्ट माधव पक्षका नेताहरुले एक पक्षीय ढङ्गले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।

यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सहमतिको खाका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरीत अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै आरोप लगाएका थिए ।

adb bank long