रौतहट नरसंहारका नाइके आलम छुटाउन प्रधानमन्त्री देउवाको यस्तो तयारी

Telecom

काठमाडौ । रौतहटको राजपुर नरसंहार सबैको मानस्पटलमा झस्काईरहने घटना हो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा भएको त्यो घटनाले अहिले पनि जोकसैको आंग सिरिङ्ग बनाउँछ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको घरमा वम बनाईरहँदा विक्ष्फोट भएपछि घाईतेहरुलाई ईट्टा भट्टामा लगेर हालेको घटनाले त्यसबेला सनसनी मच्चाएको थियो ।
उक्त घटनाका दोषी आलम यतिखेर नख्खु जेलमा हावा खाइरहेका छन् ।

उनलाई १२ वर्षपछि प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ ताका पनि आलमले प्रहरीलाई घुक्र्याएको भिडियोहरु बाहिरिएको थियो । उक्त नरसंहारका मुख्य योजनाकार आलम सहितका आरोपीहरु जेल जीवन बिताईरहँदा फेरी जेलबाट निकाल्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले चाल खेलेको कुरा बाहिर आईरहेको छ ।

त्यसो कुरा बहिर आएपछि अहिले आलमको गाउँमा संत्रास फैलिन थालेको छ । उनी पहिल्यैदेखि अपराधिक कृयाकलापमा सामेल भएको र गाउँमा उनले जे भन्यो त्यही हुने भएको कारण आलम निस्किएर आफूहरुले शान्तिको सास फर्न नपाउने भन्दै स्थानीयहरु आत्तिन थालेका हुन ।

उनी दिउसै मान्छे अपहरण गर्नेदेखि आफूले भनेको नमाने जस्तो सुकै कारबाही गर्न पछि नहट्ने स्वभाव आलमको छ । त्यो बानीले नै स्थानीयहरुलाई त्रासको काम गरिरहेको छ ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको दुई दिनमै ललिता निवास जग्गा प्रकरणका दोेषी बिजयकुमार गच्छदार १० लाख धरौटीमा विषेश अदालतबाट छुटेका छन् । अब पालो आलमको रहेको छ ।

प्रधानमन्त्री देउवाले यस विषयमा मुख नै खालेका छन् । प्रधानमन्त्री देउवाले आललाई लाई झुटो मुद्धा लगाएर फसाइएको र उनई छुटाएर न्याय दिलाउन आफ्नोतर्फबाट पूरै लागिरहेको अभिव्यक्ति दिएका छन्  ।

अहिले आलमको मुद्दा अदालती प्रक्रियामा रहेकोले देउवाले आलमलाई उन्मुक्ति दिन नसक्ला भन्न सकिदैन ।

 

adb bank long