काठमाडौ । मनसुनी वायुको प्रभाव नघटेका कारण आज पनि देशैभर पानी पर्ने जल तथा मौसम विभागले छ । आज विहानैदेखि देशका धेरै स्थानमा बर्षा भइरहेको र भोलि (शनिबार) देखि मनसुन थप सक्रिय भएर जाने मौसमविदले बताएका छन् ।
आज विहान देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
त्यस्तै देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद् निराजन सापकोटाले आग्रह गरेका छन् ।