nepal telicom

उपत्यकामा निषेधाज्ञा थप्ने यस्तो छ तयारी, तीन प्रजिअको वैठक बस्दै

काठमाडौ । कोरोनाको कहर कम होला भन्दा झन बढ्न थालेपछि काठमाडौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने तयारी भईरहेको छ । त्यसको लागि आज काठमाडौ, ललितपुर र भक्तपुरको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

उनीहरु आज दिउसा े१ बजे वैठक बस्ने र निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्ने बताईएको छ । आजको वैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल हुने बताईन्छ । लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरेर मात्र निर्णय लिने तयारी छ ।

‘ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको जानकारी दिए ।

adb bank long