काठमाडौ । आफूलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण रोल खेलेका एमाले बरिष्ठ नेता माधकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउसो कोटेश्वर पुगे ।
उनले नेपाल निवासमै गई सरकारमा सहभागी हुन र दल विभाजनको लागि आफूले सहयोग गर्ने बचन पनि दिएर फर्केका छन् ।
देउवाले नेपाललाई ‘म तपाईंको अप्ठेरो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । जसरी संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि तयार छु ।’ भनेको कुरा स्रोतले बतायो ।