nepal telicom

सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौ । विपक्षी गठबन्धनमा रही नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्चीमा बसाउन भूमिका खेलेको राष्ट्रिय जनमोर्चा आफू भने सरकारमा सामेल नहुने भएको छ ।

आज (बुधबार) बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको र बाहिरै बसेर सहयोग गर्ने निर्णय समेत गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी गराईन ।

राष्ट्रिय जनमोर्चाको प्रतिनिधिसभामा एक सिट छ । एक मात्र सांसद दुर्गा पौडेलले कांग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिंदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेपछि पौडेलको मन्त्री बन्ने सपनामा ब्रेक लागेको छ ।

 

adb bank long