प्रचण्डलाई भेट्न विप्लव खुमलटारमा पुग्दा प्रचण्डले यसो भनेपछि…

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ खुमलटार गएका छन् । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई साथमा लिएर प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्व माओवादी लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् । कुनैबेला एउटै कित्तामा रहेको प्रचण्ड र विप्लवबीच आज भएको वार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा अहिलेको राजनीतिक परिस्थिति, ओली सरकारसँग आफूहरूले गरेको सहमतिलगायतका विषयमा कुराकानी भएको विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाले प्रतिकृया दिए ।

‘बाँस्तोलाले ओली सरकारसँग आफूहरुसँग गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी गरेको, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस विषयमा पनि ध्यानाकर्षण गराएका छौं’, भने । त्यस्तै ‘देशको अहिलेको देशको उथलपुथल राजनीतिबारे आफूहरुले चासो राखेको कुरा पनि बताए ।

ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले केहि समयअघि केपी ओलीलाई भेटेर कारागारमा रहेका आफ्ना नेता–कार्यकर्ता शान्ति सम्झौता अनुसार १० दिनभित्र रिहा गर्न दवाव दिएको थियो ।

 

 

adb bank long