nepal telicom

छोरी जन्मेलगत्तै हत्या आरोपमा आमासहित परिवारका ४ जना पक्राउ

मोरङ । परिवारमा छोरी जन्मे लक्ष्मीको आगमन भयो भन्दै रमाउने हिन्दू परम्परा रहेको छ । तर यही समाजमा छोरीलाई हेयको दृष्टिले हेदै जन्मेलगत्तै हत्या गरेको कुराले जो कसैको आङ सिरिङ्ग  बनाउने घटना भर्खरै सार्वजनिक भएको छ । मोरङमा नवजात शिशुको हत्या अभियोगमा आमासहित परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो हृदयविदारक घटना बाहिर आएको हो ।

जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन् । तर उनले बच्चीलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र उनका बुवाले संचालन गरेको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा खुस्वुका श्रीमान २८ वर्षीय अरुण मण्डल, बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मिला मण्डल पक्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

adb bank long