ओलीले आज वालुवाटार छोड्दै, स्कर्टिङ गर्ने जिम्मा युथ फोर्सलाई

काठमाडौ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) सरकारी निवास बालुवाटार छोडेर निजी निवास वालकोट जाँदैछन् । विहान ११ बजे उनी त्यता प्रस्थान गर्दैछन् ।

ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले स्कर्टिङ गरेर बालुवाटारदेखि बालकोटसम्म पुर्‍याउने तयारी गरेको छ । नेकपा एमालेका नेता महेश बस्नेतले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्‍याउने बताएका छन् ।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका छन् । सपथग्रहण र पदभार ग्रहणपछि निजी निवास बूढानिलकण्ठ गएका देउवा साइत हेरेर केही दिनमा सरकारी निवास बालुवाटार सर्ने स्रोतले जानकारी दिएको छ ।

adb bank long