काठमाडौ । सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएको छ ।
अदालतले विघटित प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै विपक्षी गठबन्धनले सरकार गठनको गृहकार्य अगाडि बढाएको हो ।देउवाको आज साँझ ५ बजेपछि सपथग्रहण हुँदैछ ।
मन्त्रीपरिषदमा कोको सहभागी गराउने भनेर अहिलेसम्म टुङ्गो लागिसकेको छैन । देउवा नेतृत्वको सरकारमा उपेन्द्र यादव पक्ष जसपा नजाने भएको छ । त्यसकारण माओवादी केन्द्र र नेपाली कांग्रेसबाट मात्र सरकारमा सहभागिता रहने तत्कालको अवस्था देखिन्छ ।