nepal telicom

खोप लगाउन छुटेका पत्रकारहरुले आजदेखि लगाउन पाउने

स्वास्थ्य सूचना

काठमाडौ । नेपाल पत्रकार महासंघको पहलमा कोरोना खोप लगाउन छुटेका पत्रकारका लागि आज, भोलि र पर्सी (असार २९, ३० र ३१ गते) खोप लगाउने व्यवस्था गरेको ।

स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने व्यवस्था गरेको हो । महासङ्घको परिचयपत्र, सूचना विभागको परिचयपत्र वा महासङ्घ केन्द्रीय समितिको सिफारिसका आधारमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको हो ।

काठमाडौं उपत्यका बाहिरका हकमा भने जिल्ला स्वास्थ्य कार्यालयमार्फत समन्वय गरेर खोप लगाउन सबै जिल्ला शाखालाई आग्रह गरिएको छ ।

adb bank long