देउवाले भोली पाँच बजे सपथग्रहण लिने

Telecom

काठमाडौ । सर्बोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि भोली देउवा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

प्रधानमन्त्रीको रुपमा देउवाले भोली नै सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । उनले साँझ ५ बजेपछि प्रधानमन्त्री पद तथा गोपनीयताको सपथग्रहण गर्ने भएका हुन ।

आज विपक्षी दलको गठबन्धनको बैठक बसेको थियो । उक्त वैठकले भोली नै सानो खालको मन्त्रीपरिषद विस्तार गर्ने निर्णय गरेको थियो । जसअनुसार भोली मन्त्रीपरिषद पनि बन्ने भएको छ ।

त्यस्तै विपक्षी गठबन्धनबाट एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बाहिरिएको छ । गठबन्धनको वैठकमा आफ्नो कुरा राख्दै नेपालले अब गठबन्धनमा नरहने बताएका हुन ।

adb bank long