काठमाडौ । सकेर्बोच्च अदालतले संसद पुर्नस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न निर्देशन दिएसँगै विपक्षी गठबन्धनको बैठक बसेको छ । बैठकले भोली नै सानो आकारको मन्त्रीपरिषद गठन गर्ने तयारी गरेको छ ।
गठबन्धनको वैठकमा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए । वैठकमा बोल्दै नेपालले अब आफू गठबन्धनमा नरहने घोषणा गरेका थिए । उनले अब एमालेको कार्यदलले तयार पारेको समझदारीपत्रअनुसार अगाडी बढ्ने बताएका थिए ।