सर्बोच्च अदालतले संसद पुर्नस्थापना सँगै देउवालाई प्रधानमन्त्री बनाउने निर्णय, सर्बोच्चको फैसालाको सर्बत्र आलोचना

काठमाडौ । सर्बोच्च अदालतले संसद पुर्नस्थापनाका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी फैसला गरको छ । यसरी सर्बोच्च अदालतले व्यक्ति नै तोकेर प्रधानमन्त्री बनाउने निर्णय गरेपछि त्यसको बिरोध हुन थालेको छ ।

उता विपक्षी गठबन्धनको कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो । जसअनुसार उनीहरु सरकार बनाउन लागिपरेका हुन ।
बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अदालतले त्यस्तो निर्णय गरेपछि नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले बिरोध प्रदर्शन गरेको छ ।

 

 

adb bank long