ओलीसँग निकटता बढाएकोमा प्रचण्डलाई किन बढ्यो यत्तिको चिन्ता ?

Telecom

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेट वार्ता भएको छ । वार्ताका क्रममा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मासँग निकटता बढाएकोमा असन्तुष्टि प्रकट गरेका छन् ।

प्रचण्डले नेपालसँग ओलीसँगको सम्बन्धको विषयमा कुरा गर्दै ओलीसँगको सहकार्य केका लागि र कस्तो खालको हो भन्दै प्रश्न गरेका थिए । जबाफमा नेपालले अदालतको निर्णयलाई प्रभावित पाने खालको कुनै सम्झौता नगर्ने बताएका थिए ।

एमाले एक हुने भएपछि प्रचण्डमा छटपट्टी शुरु भएको नेपाल भेट्न एकाबिहानै कोटेश्वर पुग्नुलाई निकै महत्वपूर्ण तरिकाले राजनीतिक विश्लेषकहरुले हेर्न थलेका छन् । एक हिसाबमा भन्ने हो भने धम्की दिनकै लागि नेपाल निवास कोटेश्वरमा प्रचण्ड गएको बुझाई एमाले पार्टीभित्र पर्न गएको छ ।

adb bank long