काठमाडौ । प्रधानमन्त्री केपी ओली बाढीले क्षतीग्रस्त अवलोकनका लागि सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्धी सिन्धुपल्चोक प्रस्थान गरिसकेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए।
प्रधानमन्त्री ओलीले बाढीबाट क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्ने कार्यक्रम छ। ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिको साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
त्यहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता, स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रियाको कार्यम्र पनि तय भएको छ । सो हवसरमा प्रधानमन्त्री ओललिे राहत वितरण तथा घोषणाको कार्यक्रम समेत तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।