nepal telicom

देशैभर भारी वर्ष हुने महाशाखाको अनुमान

काठमाडौ । आज (शनिबार) पनि देशभर मनसुनी वायुको प्रभाव रहने मौसमविदले बताएका छन् । जसका कारण आज पनि देशका धेरै स्थानमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको हो ।

महाशााखाका अनुसार अहिले (शनिबार बिहान) पनि प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो भने धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।

यस क्रममा प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना पनि छ । यस्तै प्रदेश–१, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

adb bank long