काठमाडौ । पार्टीको १४ महाधिवेशन नजिक आईरहँदा पार्टी सभापतिका लागि आआफ्नै लविङमा नेताहरु लागिरहेका छन् । त्यस्तै कसलाई हराउनेसम्मको स्पष्ट निति तयार गर्न नेताहरु लागेका छन् । यसै सन्दर्भमा अब फेरी पार्टी सभापतिमा शेरबहादुर उठे उनलाई धुलो चटाउनेगरी सहमति गर्न पुगेका छन् देउवा इतरका नेताहरु ।
नेता अर्जुननरसिंह केसीको संयोजनमा हिजो शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा देउवालाई सभापतिमा दोहोरिन नदिनेमा उपस्थित सबै नेता एकमत भएा थिए । तर देउवासंग कसले प्रतिस्पर्धा गर्ने भन्ने पहिल्याउन सकेनन् । सबैले आ आफ्नो दावी राख्ने र सहमतिका लागि प्रयास गर्ने ‘सहमति’ मै बैठक सकियो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डा. शेखर कोइराला उपस्थित थिए । बैठकको संयोजन गरेका नेता अर्जुननरसिंह केसीले बैठकको प्रारम्भमै पार्टीभित्रको समीकरणको समिक्षा गर्दै साझा धारणा बनाउनुपर्ने बताएका थिए ।
तर वैठकमा आआफ्नै दाबी पेश भएका कारण पार्टी सभापतिमा को जाने भन्ने चाही निर्णय हुन सकेन । अब हुने छलफलले त्यो पनि टुङ्गिन सक्ने अवस्था देखिन्छ ।।