किन गरिन अभिनेत्री कुँवरले आत्महत्या ?

Telecom

काठमाडौ । लामो समयदेखि डिप्रेसनमा रहेकी भिनेत्री तथा निर्मात्री जेनी कुुँवरले आत्महत्या गरेकी छिन् । जेनीलाई प्रहरीले उनी बस्ने थापागाँउस्थित सनराइज सिटी अपार्टमेन्टमा झुुन्डीएको अवस्थामा भेटेको थियो ।

प्रहरीले उनकै निवासमा बिहीबार राती ९ बजे झुुन्डीएको अवस्थामा जेनीलाई फेला पारेको हो । लामो समय देखि डिप्रेसनको सिकार भएकी जेनी केही समय अघि पशुपति क्षेत्रमा प्रहरीसँग विवाद भएको भिडियोको कारण चर्चामा पनि आएकी थिइन् ।

उनको केही भिडियोहरू युट्युबमा भाइरल समेत भएका छन् । जिन्दगानी नामक चलचित्रबाट सिनेमा नगरीमा डेब्यु गरेकी जेनीले मैदान, जीवनदाता, कानुन लगाएका दर्जनौँ चलचित्रमा अभिनय गरेकी छिन् ।

adb bank long