धनगढी । हातमा लगाएको चाँदीको बालाको लोभमा भाइ नाता पर्ने दिदीलाई प्रहरी सार्वजनिक गरेको छ । कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक विष्टको हत्या आरोपमा दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन्। विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ।’
घटना थाहाँ पाउलान भनेर ती युवतीले साथीकोमा गएर किताब ल्याएको र बाला साथीलाई लुकाउन दिएका थिए ।
उक्त बाला बजारमा लगेर बेच्ने प्रयास समेत गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी आरोपितलाई सार्वजनिक गरेको हो ।