यसकारण एकाएक स्थगित भयो एमाले कार्यदलको वैठक

Telecom

काठमाडौ । केही समयअघि शुरु भएको नेकपा एमालेको कार्यालको वैठक स्थगित भएको छ । एमालेका उपाध्यक्ष भीम रावलले कोटेश्वरमा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर फर्किएपछि कार्यदलको वैठक सिंहदरबारमा शुरु भएको केही समयमा नै स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेवाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायत नेता सहभागी थिए भने बरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट बैठक भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन् ।
वैठक बेलुका ७ बजे पुनः बस्ने गरी स्थगित भएको वैठकमा सहभागी र्एक नेताले जानकारी गराए । उनीहरुले आन्तरिक छलफलका लागि वैठक स्थगित गरेको श्रोतले बतायो । अहिले वैठक स्थगित भएपछि दुबै प्रक्षका नेताहरु छलफलमा जुटेका छन् ।

हिजो बेलुका ओली र नेपालबीच होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच वान टु वान वार्ता भएको थियो।

अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए। तर हिजोको वैठकबाट केही सहमति भएको थिएन । हिजो छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको प्रतिकृया दिएका थिए।​ आजको बैठकबाट केही उपलब्धि हात लाग्ने वैठकमा सहभागी नेताहरुले बताउदै आएका छन्

adb bank long