काठमाडौ । सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष भीम रावल कोटेश्वरमा माधव कुमार नेपाललाई भेटेर फर्किएपछि कार्यदलको वैठक सिंहदरबारमा शुरु भएको छ । पार्टी एकताका लागि आजको कार्यदलको वैठक महत्वपूर्ण हुने वैठकमा सहभागी एक नेताले जानकारी दिए ।
आज बिहान अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेललाई भेटेपछि नेता रावल नेपाल निवास कोटेश्वर गएका थिए । ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच वान टु वान वार्ता भएको थियो।
अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए। छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए।