नेकपा एमालेको विवाद समाधानका लागि आज पनि कार्यदलको वैठक बस्दै

Telecom

काठमाडौँ । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले आज पनि वैठक बस्दैछ । सोमबारदेखि छलफलमा जुटेको कार्यदलले मंगलबार पनि सहमतिका आधार तय गर्न परामर्श गरेको थियो ।

तर सहमतिको बिन्दुमा भने पुग्न सकेको छैन । आज पनि कार्यदलको अर्को बैठक बसेर थप छलफल हुने कार्यदलका एक सदस्यले जानकारी गराए । उनका अनुसार छलफल सकारात्मकरुपमा अघि बढेको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल जुटेको हो ।

अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ २ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त छन् । अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो ।

adb bank long