प्रचण्डले जनकपुरबाटै शेरबहादुरलाई बनाए प्रधानमन्त्री !

काठमाडौ । संसद पुर्नस्थापनाको मुद्धाको अन्तिम फैसला सर्बोच्च अदालतले २८ गते गर्दैछ । अदालतले कस्तो फैसला ल्याउला त्यो हेर्न बाँकी नै छ । तर नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संसद पुर्नस्थापना भएरै छाड्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गर्नुपर्ने बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्राद्धाञ्जली व्यक्त गर्न जनकपुर आएका प्रचण्डले आफू सांसद् पुनःस्थापना हुनेमा विश्वस्त रहेको बताएका हुन् । प्रचण्डले “पहिलोपटक पनि संसद् विघटन हुँँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामीलाई विश्वास थियो, यसपटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ,” प्रचण्डले भने । संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद् पुनःस्थापनाको विकल्प नरहेको बताउँदै उनले भने,“संसद् पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ । त्यता तर्फ म कल्पनासम्म पनि गर्न सक्दिनँ ।”

पार्टीले आयोजना गरेको श्रद्धाञ्जली सभामा प्रचण्डले निधन भएका यादवको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाइ सम्मानका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

adb bank long