जसपा औपचारिक रुपमा विभाजित हुँदै

काठमाडौ । जनता समाजवादी पार्टी(जसपा) औपचारिक रुपमा विभिाजित हुने भएको छ । आज निर्वाचन आयोगमा पुगेर जसपा नेता महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले जसपालाई औपचारिक रुपमै विभाजन गर्ने सहमति गरेपछि जसपा दुई फ्याक हुने भएको हो ।

पार्टीभित्र देखिएको अन्यौलतालाई चिर्नका लागि ठाकुर र यादव पक्षलाई आज निर्वाचन आयोगले छलफलका लागि बोलाएको थियो । जसअनुसार आज आयोग पुगेका ठाकुर र यादवले पार्टीलाई औपचारिक रुपमै फुटाउने गरी निर्णय गरेर भर्खरै निर्वाचन आयोगबाट बाहिरिएका छन् ।

उनीहरुबीच पार्टीको आधिकारिकताको विषयमा विवाद हुँदै आएको थियो । उपेन्द्र यादवले पार्टी आफूहरुको भएको भन्दै यसअघि आधिकारिकताको लागि आयोगमा निवेदन दिएका थिए ।

यादवको निवेदनपछि आयोगले छलफलका लागि दुबै पक्षलाई आज डाकेको थियो । छलफलका क्रममा सहमति नभएपछि पार्टी औपचारिक रुपमै विभाजन गर्ने भनेर उनीहरु हिडेको स्रोतले बतायो ।

आयोगमा भएको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए ।

यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

 

adb bank long