विवाद समाधानका लागि जसपाका दुवै पक्ष आज निर्वाचन आयोग जाँदै

काठमाडौ । पार्टीभित्र देखिएको आन्तरिक कलहलाई छिनोफानो गर्नका लागि निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज (मंगलबार) बोलाएको छ । आयोगले बोलाएपछि आज जसपाा दुबै पक्ष आयोग जाँदैछन् ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । जसअनुसार आयोगले महन्थ ठाकुर पक्ष र यादव पक्ष आयोगमा जान लागेका हुन ।

यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड हुने भन्दै ७–७ जनालाई मात्र उपस्थित हुन भनिएको आयोगका एक अधिकारीले बताएका छन् । आजको छलफलमा आयोगका प्रमुख आयुक्त, आयुक्त, आयोगका केही कर्मचारी, दुवै पक्षका नेताहरु र कानुन व्यवसायी रहने जनाइएको छ ।

दुई पक्षबीच आपसी समझादरी कायम भए सोही अनुसार निर्णय हुनेछ । सहमति नभए इजलास गठन प्रक्रियाबाट अघि बढ्ने छन् ।

adb bank long