काठमाडौमा आजबाट ट्याम्पो चल्ने, जोर -बिजोर प्रणाली पनि हट्यो

काठमाडौ। निषेधाज्ञापछि काठमाडौं उपत्यकामा आजदेखि ट्याम्पो लगायतका साना सवारी साधन पनि चल्ने भएका छन् । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आजदेखि लागू हुने गरी ३१ असारसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । त्यस्तै उपत्यकामा जोर- बिजोर प्रणाली हटाइएको छ ।

तीन सिडिओको वैठकको निर्णयअनुसार अब सवारी साधन पनि चलेका हुन् । ट्याम्पोमा नौ जनाभन्दा बढी राख्न नपाइने आदेश गरिएको छ । त्यस्तै, निजी तथा सार्वजनिक सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणाली हटेको छ । सार्वजनिक सवारी साधनमा सीटभन्दा बढी यात्रु राख्न नपाइने निर्णय भएको छ ।

त्यस्तै अब काठमाडौं उपत्यकामा भौतिक रुपमा परीक्षा सञ्चालन गर्न पाइने भएको छ । त्यसका लागि एउटा कोठा वा हलामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाइने भएको छ भने यसैगरी २५ जनाभन्दा बढी नहुने गरी भेला, सभा, सम्मेलन, सेमिनार, प्रशिक्षण गर्न छुट दिइएको छ ।

 

adb bank long