काठमाडौ। निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै दल दर्ताका लागि आह्वान समेत गरेको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेअनुसार आयोगले तालिका सार्वजनिक गरेको हो ।
आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० उम्मेद्वारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
त्यसैगरी दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।आजै दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको स्रोतले जनाएको छ ।