अपहरणमा परिएकी भनेकी सुजिता भण्डारी  मृत अवस्थामा भेटिईन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

चितवन। अपहरणमा परेको भनिएकी चितवन, राप्ती३ की २२ वर्षीया सुजिता भण्डारी मृत अवस्थामा भेटिएकी छन् । घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

गत असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो । परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी पनि गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेको थियो ।
आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको भनेर सनाखत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार आज सोमबार बिहान मात्रै शव उठाइने भएको छ ।

फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीबाट थप अनुसन्धान गरेर मात्रै शव उठाइने छ । शव भेटिएको स्थल शील गरेर राखिएको थियो । उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ । घटनाबारे प्रहरीले अन्य कुनै सुराकी फेला पारेको सार्वजनिक गरेको छैन । ।

 

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड