nepal telicom

काठमाडौमा एक हप्ता निषेधाज्ञा थप्ने तयारी, तीन सिडिओको वैठक बस्दै

काठमाडौ । उपत्याकाका तीन जिल्लामा थप एक हप्ता निषेधाज्ञा थपिने भएको छ । यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बताईएको छ । वैठमा काठमाडौमा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको हो।

यसअघिको वैठकबाट काठमाडौ उपत्यकामा पसलहरु खोल्न दिईएको थियो । अघिल्लो वैठकमा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन । पछिल्लो पटक सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो।

adb bank long