पार्टी एक हुन नदिनका लागि हजार चलखेल भएपनि आफूले पार्टीलाई एक ढिक्का बनाउने अध्यक्ष ओलीको उद्घोष

Telecom

काठमाडौं । सत्तारुढ दल नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक हुन नदिनका लागि हजारौ चलखेल भईरहेको बताउँदै त्यसलाई चिरेर अगाडी बढ्पर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकामा चिन्ता समेत व्यक्त गरे ।

ओलीले भने “वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ एमालेकै नामका व्यक्तिहरु गएको लाजमर्दो अवस्थ छ । हजार प्रयासबा बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ,” ।

ओलीले राष्ट्रपतिको हरेक कमदमा औला उठाएको भन्दै असन्तुष्टि जनाउदै ‘निष्कृष्ट तवरमा उर्लिएर राष्ट्रपतिमाथि हरेक ठाउँमा औँला उठाइएको’ टिप्पणी गरे ।

त्यस्तै ओलीले सर्वोच्च अदालतका पछिल्ला आदेशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागु भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको समेत उनले बताए । उनले पार्टीलाई आफूले जसरी पनि एक ढिक्का बनाउन अधिकतम लचकता अपनाएको पनि बताए ।

 

adb bank long