nepal telicom

माधव कुमार पक्ष एमालेको वैठकमा सहभागी नहुने

काठमाडौ । नेकपा एमालेभित्र माधव कुमार नेपालपक्षका नेताहरु भोलीको वेठकमा सहभागी नहुने भएका छन् । नेपालपक्षले आज बिहीबार बुद्धनगरमा बसेको नेपालपक्षका नेताहरुलेृ केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिएका छन् । नेपाल पक्षको बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ ।

माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । विहान ११ बजेबाट बसेको बैठक ६ बजे सकिएको थियो ।

adb bank long