काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै बन्द भएको हवाइ उडान आजबाट शुचारु भएको छ । सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको हो । आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले बताएको छ ।
आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी गराए । उनका अनुसार बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।
सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
स्वास्थ्यको सबै मापदण्ड अपनाएर उडान सञ्चालन गर्ने हवाइ उडान कम्पनीहरुले जनाएका छन् ।