काठमाडौं । सत्तारुढ नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ । हिजो बसेको एमालेको स्थायी कमिटी बैठकले पार्टीलाई माओवादी केन्द्रसँग एकतापूर्वको संचरनामा फर्काउने निर्णय गरेको हो ।
मंलबार बसेको एमालेको स्थायी कमिटी बैठकले पार्टीलाई माओवादी केन्द्रसँग एकता पूर्वको संचरनामा फर्काउने निर्णय गरेको हो । जसअनुसार बिहीबार २०७५ जेठ २ को केन्द्रीय कमिटीको बैठक राख्ने निर्णबाय भएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।
प्रवक्ता ज्ञवालीका अनुसार आज (बुधबार) एमालेको दशौं महाधिवशेन आयोजक कमिटीको बैठक बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा बस्ने महाधिवशेन आयोजक कमिटीले यसलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने सम्भावना छ ।
जुन माधव नेपाल पक्षको माग विपरीत हुनेछ । किनभने महाधिवेशन आयोजक कमिटीमा माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापासहितका नेता पनि समावेश छन् । भोलि बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाउने एमालेले जनाएको छ ।