काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६४८ पीसीआर परीक्षणमा १ हजार ५०९ जनामा कोरोना देखिएको हो।
यस्तै ४ हजार ९९२ एन्टिजेन परीक्षणमा ९३५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।
मन्त्रालयको अनुसार देशभर गरी थप ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।