काठमाडौ । काठमाडौ उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्बिएको छ । काठमाडौ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको वैठक यस्तो निर्णय गरेको हो । उनीकोको वैठकले सार्वजनिक यातायातलाई ुसंचालनमा ल्याउने निर्णय पनि गरेको छ । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने समेत तयारी भएको छ ।
यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो । निजी सवारी जस्तै सार्वजनिक यातायातमा पनि जोर बिजोर लागू गर्नेबारे निर्णय हुन सक्ने स्रोतले जनाएको छ । कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो ।
संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो गर्न लागिएको हो ।