काठमाडौं। सरकारले आज अध्यादेशबाट पूर्ण आकारको बजेट सार्वजनिक गर्दैछ । १६ खर्ब हाराहारीमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । कोरोना ९कोभिड–१९० संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित राखेर आगामी अर्थिक वर्ष २०७८र७९ को वार्षिक अनुमानित आय–व्यय विवरण ९बजेट० सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिनिधिसभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरमा ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने त्यस अघि मन्त्रीपरिषदको बैठक बसी बजेट अनुमोदन गर्ने बताइएको छ। बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री अतिरिक्त सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहने अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा संक्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नीति कार्यक्रम घोषणा गरी निर्वाचन केन्द्रित कार्यक्रम रहने झल्को दिएका छन । विपक्षीले भने काचलाउ भएको सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नरहेको भन्दै त्यसको विरोध गर्दै आएका छन् । नेपालबहसबाट